Websoft University

कोरोना परीक्षणमा भएको अनियमितताबारे सत्य तथ्य बुझ्न प्रजिअलाई मन्त्रि घिमिरेको निर्देशन


विराटनगर, ७ भदौ । रातो तारा डट कम, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना परीक्षणमा भएकोअनियमितताबारे सत्य तथ्य बुझ्न मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई निर्देशन दिनुभएको छ ।

मोरंगको बुढीगंगामा कोरोना परीक्षणमा अनियमितता भएको विषयमा सञ्चार माध्यममा समाचार आएकाले सत्यतथ्य बुझ्नका लागि प्रजिअलाई उहाँले निर्देशन दिनुभएको हो । मन्त्री घिमिरेले आज प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवसँग परीक्षण शुल्कका विषयमा सोधपुछ गर्नुभएको थियो । 

प्रयोगशाला निर्देशक यादवले कोरोना परीक्षणमा कसैसँग पनि शुल्क नलिएको मन्त्री घिमिरेसमक्ष स्पष्ट पार्नुभएको थियो । गाउँपालिकाले उद्योगसँग प्रतिव्यक्ति ५ हजार ५ सय रुपैयाँ शुल्क लिएको घटना सार्वजनिक भएपछि मन्त्रि घिमिरेले चासो लिनुभएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.