Websoft University

कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न


बिराटनगर भाद्र ७ गते । रातो तारा डट कम,नेपाल प्रहरीलाई पेशागत रुपले उत्कृष्ट एवं आम नागरिकको विश्वास र भरोसायोग्य संगठनको रुपमा विकास गर्न र कार्यालय प्रमुखहरुलाई अझ जिम्मेवार र उत्तरदायित्व बनाउन आज १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले आफ्नो मातहत प्रहरी कार्यालयका प्रमुखहरुसंग कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ । 

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसंग कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नुभए पश्चात १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कार्कीले आज यस प्रदेश मातहतका प्रदेश प्रहरी तालिम केन्द्र, सशस्त्र प्रहरी गण रानी, दंगा नियन्त्रण प्रहरी गण दुहबी, प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरी, १४ वटै जिल्ला प्रहरी कार्यालय, प्रदेश विपद व्यवस्थापन गुल्म चन्द्रगढी र नेपाल पुलिस स्कुल धरानका कार्यालय प्रमुखहरुसंग भीडियो कन्फ्रेन्स मार्फत् कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।  

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक कार्कीले नेपाल प्रहरी कार्ययोजना २०७७ को उद्देश्य र लक्ष्यबारे जानकारी दिँदै यसले आगामी दिनमा नेपाल प्रहरीलाई मार्ग निर्देशन गर्नुका साथै नेपाल प्रहरीलाई पद्धतिगत रुपमा अघि लैजान यो कार्ययोजना सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । सधैँजसो आम नागरिकको चासो र सरोकारको विषय बन्ने गरेको प्रहरी सेवा योजनाबद्ध, र र परिणाममुखी हुनुपर्ने अवधारणा अनुरुप कार्ययोजना तय गरिएको उहाँले उल्लेख गर्नुभयो । 

उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक कार्कीले “विनम्रतालाई कमजोरी नठान्नु” भन्ने प्रहरी महानिरीक्षकज्यूको भनाईलाई दोहोर्‍याउदै नागरिक केन्द्रित भएर परिणाममुखी कार्य सम्पादनमा सबै दृढ संकल्प भई लाग्ने विश्वास व्यक्त गर्नु भयो । विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड-१९ लाई नेपाल प्रहरीले चुनौतीको रुपमा सामना गरिरहेको अवस्थामा संक्रमित प्रहरी कर्मचारीहरुको व्यवस्थापन गर्न र आत्मबल बढाउनका लागि विशेष पहल गर्न सम्बन्धित प्रमुखहरूलाई उहाँले निर्देशन दिनुभयो ।

नेपाल प्रहरीको कार्ययोजना २०७७ अनुरुप जिम्मेवारीप्रति प्रतिबद्ध, कानुन कार्यान्वयनमा दृढ, प्रकृयामा सरलीकरण र पारदर्शी एवं नतिजामा उत्तरदायी बनाई समग्रतामा आम नागरिक र संगठनप्रति जवाफदेही बनाउँदै सुशासन कायम गर्न सिर्जनशीलता अभिवृद्धि गर्दै नेपाल प्रहरीको समग्र कार्यसम्पादनको स्तर अभिवृद्धि गर्ने अभिप्रायका साथ कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.