मोहन कुमार राई - श्रावण ७ गते । रातो तारा डट कम,मकालु गाउपालिका ४ स्थित अरुण ३ को प्रोजेक्ट जेभि कम्पनीको क्वारेनटाइनमा रहेका वर्ष ३२ का एक पुरुषमा कोरना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज गरिएको पिसिआर परीक्षण रिर्पोटमा कोरना पोजेटिभ देखिए सँगै उनलाई थप उपचारको लागि संखुवासभा जिल्ला स्थित खाँदवारीमा रहेको हिमालय पव्लिक किरण क्याम्पसको आइसोलेसन कक्षमा राख्ने गरी ल्याउने तयारी भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय संखुवासभाका प्रमुख रमेश बारकोटीले जानकारी दिनुभयो । स्वास्थ्य प्रमुख बारकोटीका अनुसार कोरना संक्रमितको स्वास्थ्या अवस्था सामान्य रहेको र उनी संग सम्पर्कमा रहेकाका खोजी कार्य रहेको समेत उहाले जानकारी दिनुभयो ।
हिमालय किरण पब्लिक क्याम्पस खाँदवारीको आइसोलेसनमा यस अघि ३ जना कोरना संक्रमित रहेकोमा अव थप एक जना सहित ४ जना राख्ने व्यवस्था मिलाइएको जिल्ला प्रशान कार्यालय संखुवासभाले जनाएको छ ।
Post a Comment