Websoft University

उपत्यकामा निषेधाज्ञा लम्बिने


काठमाण्डौ भाद्र ९ गते । रातो तारा डट कम,कोरोनाको सङ्क्रण बढ्दै गएपछि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा लम्बिने भएको छ । उपत्यकाका सबै स्थानीय तहले १५ भदौसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेपछि जिल्ला प्रशासन कार्यालयहरूले साझा निर्णय गर्ने भएका छन । 

आज तीनवटै जिल्ला प्रशासन कार्यालयहरूको बैठक बस्दैछ ।  हिजो बसेको उपत्यका नगरपालिका फोरमको बैठकले १५ भदौसम्म अत्याश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । यसअघि पनि उनीहरूले १० भदौसम्म सेवा बन्द गर्ने निर्णय गरेका थिए । उनीहरूकै सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयहरूले १० भदौसम्म निषेधाज्ञा जारी गरेका थिए । 

आज जिल्ला प्रशासन कार्यालयहरुको सयुक्त बैठक बस्ने र गृहमन्त्रालयलाई जानकारभोलि निर्णय गर्ने तयारी भइरहेको छ । सङक्रमण बढन थालेपछि फेरि निषेधाज्ञा थप्नको विकल्प नरहेको नगरपालिका फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिका मेयर मदनसुन्दर श्रेष्ठले सीआईएनलाई जानकारी दिनुभयो । 

पत्यकामा समुदायस्तरमै कोभिड–१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा फराकिलो बनाउने निर्णय पनि नगरपालिका फोरमले गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.