Websoft University

विवाद समाधान कार्यदलले आजैबाट काम सुरु गर्ने


काठमाण्डौ साउन ३१ गते । रातो तारा डट कम,सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा लामो समयदेखि देखिएको विवाद् समाधानका लागि बनेको कार्यदलले आजबाटै काम शुरु गर्ने भएको छ । दुई अध्यक्षबीचको छलफलपछि विवाद् समाधानको लागि बनेको ६ सदस्यीय कार्यदलले आजैबाट काम थाल्ने कार्यदलका सदस्य समेत रहनुभएका नेकपाका नेता जनार्दन शर्माले सीआईएनसँग बताउनुभयो । नेता शर्माले यो समय प्रधानमन्त्रीको राजिनामामा अड्किने भन्दा पनि पार्टी भित्रको समस्या सुल्झाएर महाधिवेशन गर्ने केन्द्रिय समितिले गरेको निर्णयलाई मुर्त रुप दिने कुरा मुख्य बिषय भएको बताउनुभयो । उहाँका अनुसार कार्यदलले सरकार र पार्टीबिचको अन्तरसम्बन्ध सुदृढ बनाई पार्टीमा विधि र पद्धती सँगै सरकारलाई व्यवस्थित गर्न आवश्यक सुझाव सल्लाह दिनेछ ।   

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.