Websoft University

आज नेपालमा सङ्क्रमितको सङ्ख्या १३ हजार ७ सय १५ पुग्यो


काठमाण्डौ भाद्र ८ गते । रातो तारा डट कम, देशभर कोरोनाका ७ सय ४३ सङ्क्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो सङ्ख्याका सङ्क्रमित थपिएका हुन् । 

यी सहित हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या ३२ हजार ६ सय ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुइै सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा एक सय ७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा सङ्क्रमण पुष्टिभएकोछ । 
विगत २४ घण्टामा १ सय ७५ जना कोरोनाबाट निको भइ घर फर्किएको प्रवक्ता डा. गौतमले बताउनुभयो । यो सहित हालसम्म १८ हजार ८ सय ६ जना कोरोनाबाट निको भएका छन् ।  हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ७ सय १५ छ । 

त्यस्तै विगत २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । यो सहित हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १ सय ५७ पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार २ सय ३४ जनाको पिसिआर परीक्षण भएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.