Websoft University

पोखरामा अपरिचित एक महिलाको शव फेला, रगतको तलाउ (स्थलगत रिपोर्ट)


पोखरा महानगरपालिका वडा नं. ३२ लामेआहालमा एक शव वेवारिसे अवस्थामा फेला परेको छ । बिहान साढे सात बजेतिर प्रतिक्षालयमा कपडाले छोपिएको अवस्थामा फेला परेको उक्त शव अन्दाजी ४०–४५ वर्षीय महिलाको रहेको प्रहरीले जनाएको छ । महिलाको पहिचान खुलेको छैन् । शवको मुख, नाक र कानबाट समेत रगत बगेको देखिएको छ ।
स्थानियहरुले बिहानै प्रहरीलाई खबर गरेपछि प्रहरीले शवको मुचुल्का गरि पोष्टमाटमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ ।उनको मत्युको कारणबारे पोष्टमाटम रिपोर्ट पछि मात्र थाहा हुने प्रहरीले बताएको छ । स्थानियहरुले भने त्यस्तो प्रकारको हुलिया भएकी महिला यसअघि सो क्षेत्रमा नदेखेको बताएका छन् ।शवको साथमा पुरुषको कपडा पनि फेला परेको छ । घट्नाका सम्बन्धमा थप अनुसन्धान थालिने कास्की प्रहरीले बताएको छ । हेर्नुहोस् स्थलगत रिपोर्ट 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.