Websoft University

आइसोलेसन कक्ष तोडफोड र चोरीको आरोपमा क्याम्पस प्रमुख पक्राउ


मोहनकुमार राई -भाद्र ६ गते । रातो तारा डट कम, संखुवासभाको खाँदवारी स्थित हिमालय किरण पब्लिक  क्याम्पसमा जिल्ला अस्पतालले निर्माण गरेको  आइसोलेसन कक्ष तोडफोड र चोरी गरेको आरोपमा सो क्याम्पसका क्याम्पस प्रमुख  मातृका तिमिल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
उनलाई जिल्ला अस्पताल संखुवासभाले निर्माण गरेको आइसोलेसन कक्षका  स्वास्थ्य सामाग्री तोडफोड गरेको घटनालाई लिएर जिल्ला अस्पताल संखुवासभाले दोषी उपर कडा कार्वााहीको माग गर्दै  एक प्रेस विज्ञप्ती जारी गरी गरेसँगै जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता गरेपछि जिल्ला अदालत संखुवासभाबाट पक्राउ आदेस लिई  क्याम्पसका क्याम्पस प्रमुख तिमिल्सिनालाई आपराधिक उपद्रव गर्नु नहुने मुद्धामा प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरिक्षक नवराज मल्लले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद आचार्यको अध्यक्षतामा  भाद्र ४ गते वसेको विपत व्यवस्थापन समितिको सर्वपक्षीय  वैठकको निर्णयानुसार पिलुवाखोलाको दोभान रिर्सोटको क्वारेनटाइनमा रहेका मध्ये ३ व्यक्तिहरुलाई सो क्याम्पसको आइसोलेसन कक्षमा  राख्ने निर्णय गरिएको साहयक प्रमुख जिल्ला अधिकारी मोहन मणि घिमिरेले जानकारी दिनुभयो  । 

धर्मदेवी नगरपालिकाको पिलुवादोभानको क्वारेन्टाइनमा रहेका व्यक्तिहरुमध्ये भाद्र १ गतेको रिर्पोटमा ३ व्यक्तिमा कोरना पोजेटभ देखिएको हुँदा तत्काल ति संक्रमित व्यक्तिहरुलाई आसोलेसन कक्षमा भर्ना गर्न चौतर्फी दवाव सिर्जना भएको थियो ।  संक्रमित व्यक्तिहरुलाई ५ महिना अघि जिल्ला अस्पताल संखुवासभाले निर्माण गरेको हिमालय किरण पब्लिक क्याम्पसको आइसोलेसन वाडमा भर्ना गर्ने गरी निर्णय गरेको मसी सुक्न नपाउदै स्थानीयवासीहरुले समेत सो क्याम्पसमा आइसोलेसन कक्ष नराख्न भन्दै अवरोध पु¥याएका थिए ।

 जिल्ला अस्पताल संखुवासभाका मेडिकल सुपरिटेण्डेन डा.सुन्दर श्याम झाले शुक्रवार जारी गरेको विज्ञप्तीमा स्वास्थ्यकर्मीलाई हतोत्साही बनाउने, डरभम्की, दिने र स्वास्थ्य सामाग्री चोरी र तोडफोड गर्नेलाई कार्वाही गर्न माग गरेको केही समय नवित्दै क्याम्पस प्रमुख तिमिल्सिनालाई जिल्ला प्रहरी कार्यालय संखुवासभा खाँदावारी स्थित प्रहरी हिरासतमा राखि थप अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिरकारी जीवन प्रसाद आचार्यले जानकारी दिनुभयो । प्रजिअ आचार्यका अनुसार आइसोलेसन कक्ष तोडफोड गर्ने जोकोहीलाई कानुनको कठघरामा ल्याएर दोषी उपर कडा भन्दा कडा कार्यवाही गरिने तथा घटनामा सँलग्न अन्य व्यक्तिहरुको समेत खोजीकार्य जानकारी दिनुभयो ।

जिल्लाको खाँदावारीको हिमालय किरण पब्लिक क्याम्पसको आइसोलेसन कक्षमा रहेका सामाग्रीहरु मध्ये ७० पिपिइ सेट, कार्डीयक मनिटर, सक्सन मेसिन, तार, अक्सिजन पाइप विजुलीका बल्वहरु, युरिनल पट, आइवी स्टेण्ड, कोठामा रहेका म्याट्रेक्स, तन्ना, टेवलहरु सहितका सामाग्रीहरु हाराएको थिए । घटनाको थपविवरण आउनबाँकी छ सामाग्री तोडफोड र चोरी गर्नमा संलग्नहरुको थप खोजीकार्य जारी रहेको जनाएको छ ।

आइसोलेसन तोडफोड पछि अहिले पिलुवाखोला क्वारेनटाइनबाट ल्याइएको ३ कोरना सक्रमितहरुलाई जिल्ला अस्पतालबाट नयाँ स्वास्थ्य सामाग्री लगेर आइसोलेसन कक्ष निर्माण गरी उपचार भइरहेको र संक्रमितको अवस्था सामान्य रहेको समेत डा. झाले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.