Websoft University

भक्तपुरमा गाइजात्रा सुरु


काठमाण्डौ साउन २१  गते । रातो तारा डट कम,भक्तपुरमा इतिहासमै पहिलो पटक हिजो विना  गाइजात्रा सुरु भएको छ । आठ रात नौ दिन लामो भक्तपुरको गाईजात्रा पर्व सुरु भएकोछ । तर यहाँंको गाइजात्रा यो वर्ष कोरोनाका कारण औपचारिकतामा मात्रै सिमित भएको छ । जात्राको क्रममा घिन्तान्गिसी (लठी जुधाएर खेलिने नाच) का साथ अन्य नाचहरु प्रदर्शन नहुने भएको छ । जात्राका क्रममा मृत्यु भएका परिवारबाट घिन्तान्गिसी नाच ननचाई दुई चार जनाको समूहमा मात्रै नगर परिक्रमा गराइने र जात्राका अन्य दिनहरुमा पनि नाचगान नहुने जनाइएको छ । कोरोनाका कारण भक्तपुर नगरपालिकाले यस वर्षका जात्रा औपचारिकतामा मात्रै सिमित गर्न नगरपालिकाले नगरबासीलाई अनुरोध गर्दै आएको छ । जात्रा भीडभाड नहोस् भन्ने उद्देश्यका साथ नगरको वडा नं १ देखि १० सम्मकै सम्पूर्ण वडाहरुमा स्वयमसेवक परिचालन हुने भएको हो । परापूर्वकालदेखि सौहार्दपूर्ण रुपमा चल्दै आएको जात्रा स्वयमसेवक परिचाल हुन लागेको सम्भवत यो पहिलो पटक हो । गाईजात्राको दिनमा सरसफाईमा विशेष ध्यान दिने नगरपालिकाले जनाएको छ । नगरका मुख्य मुख्य सडक र गल्लीहरुमा क्लोरिन पानी छर्कने, जात्रा हेरालुहरुलाई मास्क प्रयोग गर्न उत्साहित गर्ने र वडाका ठाउँ–ठाउँमा साबुन पानीले हात धुने व्यवस्था भक्तपुर नगरपालिकाले गर्ने जनाएको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.