Websoft University

राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन सुरु


काठमाण्डौ साउन २१  गते । रातो तारा डट कम,राष्ट्रिय परिचयपत्रको लागि सिन्धुपाल्चोक जिल्लाबाट विवरण संकलन हुने भएको छ । भोलीबाट जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकबाट विवरण संकलन गरिने भएको हो । अघिल्लो आर्थिक वर्षको चैत महिनाबाट नै विवरण संकलन गर्न शुरु गर्नुपर्ने भएपनि कोरोना महामारीका कारण आवश्यक उपकरण आइनपुगेकोले सुरु गर्न नसकिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउनुभयो । अहिले भने सम्पुर्ण आवश्यक उपकरण सहित जनशक्ति समेत उपलब्ध भइसकेकोले विवरण संकलनको काम सुरु गर्न लागिएके उहाँले बताउनुभयो । नेपाल सरकारले पहिलो चरणमा पाँचधर जिल्ला र सिंहदरबारमा पाइलट प्रोजेक्टको रुपमा राष्ट्रिय परिचयपत्र वितरण गरेको थियो । दोस्रो चरणमा विभिन्न १२ जिल्लामा यो परिचयपत्र प्रदान परिएकोमा यो आर्थिक वर्षबाट भने सिन्धुपाल्चोक जिल्लाबाट समेत वितरण सुरु हुन लागेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.