Websoft University

अवैध सामान बरामद


बिराटनगर साउन २० गते । मोरङ विराटनगर महानगरपालिका वडा नं. १४ जतुवा स्थित धर्मनन्द रोड सडक खण्डमा जिल्ला मोरङ जहदा गाउँपालिका वडा नं. १ बस्ने बर्ष ३५ को जितेन्द्र साहले चलाई ल्याएको को २ ह ७६६४ नं. को अटो टेम्पोमा लोड गरी अवैध रूपमा भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याई रहेको अवस्थामा CRV जतुवाबाट खटिएको प्रहरी टोलीले ३२ हजार ७ सय बराबरको लत्ताकपडा फेला पारी टेम्पो सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको । 
मोरङ विराटनगर महानगरपालिका वडा नं. १४ स्थित जतुवा नहर छेउमा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १५ मिल्स एरिया बस्ने बर्ष १८ को अभिषेक साहले चलाई ल्याएको को २ ह ७४७९ नम्बरको अटो टेम्पोमा लोड गरी अवैध रूपमा भन्सार छली भारतबाट नेपालतर्फ ल्याई रहेको अन्दाजी २० हजार बराबरको १०० थान कुर्ती (कपडा) CRV जतुवाबाट खटिएको प्रहरी टोलीले फेला पारी टेम्पो सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.