Websoft University

परिक्षण रिपोर्ट नआए सम्म स्वाव दिएका व्यक्तीहरु लाई घर बाहिर निस्कन रोक लगाइएको छ


श्याम राई गाइघाट भाद्र ७ गते । रातो तारा डट कम,परिक्षण रिपोर्ट नआए सम्म स्वाव दिएका व्यक्तीहरु लाई घर बाहिर निस्कन रोक लगाइएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र उदयपुर र जिल्ला सुरक्षा समिती को शनिबार बसेको बैठक ले स्वाब दिएका र कन्ट्र्याक टे«सिङग मा आएका ब्यक्तीहरु बाट कोरोना संक्र्मण फैलीन सक्ने खतरा रहेको निष्कर्ष निकाल्दै स्थानीय प्रंशासनले उनीहरुलाई घर वाहिर आवातजावतमा रोक लगाएको हो ।  

स्वाब संकलन पस्चात रिपोर्ट नआए सम्म होम क्वारेन्टाइनमा बस्ने शर्त पालन गर्ने व्यक्तिहरु को मात्र पिसिआर परिक्षण गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे ले बताए ।“धेरै व्यक्ति पिसिआर परिक्षण लगतै बाहिर खुला रुपमा हिड्डुल गर्ने र संक्रमण अरुमा फैलन सक्ने खतरा रहेको ले संक्रमण न्युनीकरण को लागी यस्तो निर्णय गरीएको हो”।प्रजिय पाण्डे ले भने। 

उनले सर्त उलङघन भए त्यस्ता ब्यक्ती उपर संक्रमण रोग ऐन २०२० बमोजिम कारवाही गरीने बताए । कोरोना संक्रमण समुुुुुुुदाय स्तरमा फैलीए संगै स्थानीय प्रशासन ले साउन २९ गते देखी नै उदयपुरको त्रियुगा, वेलका र चौदण्डीगढी नगरपालीका क्षेत्र भित्र भदौ १२ गते सम्मको लागी निषेधाज्ञा जारी गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.