Websoft University

संखुवासभा, २९ जनाको पिसिआर रिर्पोट नेगेटिभ


मोहन कुमार राई- भाद्र ७ गते । रातो तारा डट कम, संखुवासभा, पिलुवाखोलाको क्वारेनटाइनमा रहेको वैदेशिक रोजगारबाट फर्केका र नेपालका विभिन्न भागबाट आएका ३ जना सहित २९ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । 

रोजगारीको शिलसिलामा कतार, मलेसिया, दुवै साउदी लगायत देशवाट आएका नागरिकहरुलाई १४ दिन अघि पिसिआर रिर्पोटको लागि प्रदेश नं. १ स्थित  प्रदेश जनस्वास्थ्य कार्यालय विराटनगरमा  परीक्षण गर्न पठाइएको थियो । परीक्षण गर्न पठाइएको ४ दिन पछि २९ जना सबैको रिर्पोट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ । क्वारेनटाइनमा राखिएकाहरु मध्ये ३ जना नेपालको विभिन्न भागबाट आएका र वाकी २६ जना वैदेशिक रोजगारीबाट फर्किएका  थिए । क्वारेनटाइनमा रहि पिसिआर रिर्पोटका लागि पठाएका व्यक्तिहरुमध्ये १ जना महिला सहित २८ जना रहेका थिए ।

अहिले पिलुवादोभान रिर्सोटका क्वारेनटाइनमा ३ जनाको पिसिआर रिर्पोट पठाउन बाकी रहेको चैनपुर नगर स्वास्थ्य शाखा प्रमुख नरबहादुर श्रेष्ठले जानकारी दिए ।स्वास्थ्य शाखा प्रमुख श्रेष्ठका अनुसार धर्मदेवी नगरपालिका, मादी नगरपालिका, चैनपुर नगरपालिका र पाँचखपन नगरपालिकाले संयुक्त रुपमा पिलुवा खोलामा रहेको दोभान रिर्सोट सहितको आसपास क्षेत्रमा १ सय वेडको क्वारेनटाइन स्थल निर्माण गरी देश विदेशबाट आएका नागरिकहरुलाई यस क्वारेनटाइनमा राख्ने गरिएको छ । 

उसो त घट्टे र राम्मेनी विचको आर्यघाटको वीचमा पर्ने यस क्वारेनटाइनमा दिउसो एक्लै वस्न पनि डरलाग्ने यस स्थलमा क्वारेनटाइन निर्माण गरेर आफुहरुलाई मानसिक त्रास भएको क्वारेन्टाइनमा वस्नेहरुले दुखेसो पोखेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.