Websoft University

अत्याधिक खोजी सूचीमा रहेका हातहतियार खरखजना तथा लागूऔषध मुद्दाका फरार प्रतिवादी लागूऔषध सहित पक्राउ


बिराटनगर भाद्र ७ गते । रातो तारा डट कम,भारतमा बसी नेपालको १ नं प्रदेश तथा २ नं प्रदेश समेतका केही जिल्लाहरुमा अबैध रुपमा हातहतियार तथा लागूऔषधको कारोबार सञ्जाल बिस्तार गरी आपराधिक कार्य गर्ने गिरोहका मुख्य नाईके, हातहतियार खरखजना तथा लागूऔषध मुद्दाका फरार प्रतिवादी देश भारत  बिहार राज्य अररिया जिल्ला ईन्द्रनगर ग्राम पञ्चायत वडा नं १० टिकुलिया टोल बस्ने अं बर्ष ३९ को बग्गा भन्ने प्रदिप यादवलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०७७।०५।०६ गते दिनको १६:४५ बजे जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं १६  दरैया स्थितबाट डाइलेक्स डि.सी १५ बोतल, नाईट्रोसन ५० चक्की र नाईट्राभेट ५१ चक्की लागूऔषध सहित पक्राउ गरेको छ ।
निज संलग्न रहेको अन्य अपराधहरु:-

क) बग्गा भन्ने प्रदिप यादवले मिति २०७५।०८।०३ गते दिनको १७:०० बजेको समयमा जिल्ला उदयपुर उदयपुरगढी गाँउपालिका वडा नं १९ को मन्दिप तामाङलाई Made in USA लेखेको अटोमेटिक पेस्तोल र ऐ. पेस्तोलको KF 7.83  लेखीएको गोली थान ४,  जिल्ला सुनसरी दुहवी न.पा. वडा नं  ५ हाल ईटहरी उ.म.न.पा. वडा नं १२ खनार बस्ने बर्ष ३५ को शुशिल कुमार साहुलाई दिन भनी भारतबाट अवैध हातहतियार नेपाल तर्फ पठाएकोमा, निज मन्दिप तामाङ र शुशिल कुमार साहुलाई जिल्ला मोरङ विराटनगर म.न.पा. वडा नं १६ स्थित विराटनगर हुलास मेटल चौकबाट प्रहरीले पक्राउ गरी हातहतियार तथा खरखजना मुद्दा चलाएको सो मुद्दामा उक्त हातहतियार नेपाल तर्फ पठाउने गिरोहका मुख्य नाईके बग्गा भन्ने प्रदिप यादव रहेको ।

ख) मिति २०७५।०८।०८ गते बग्गा भन्ने प्रदिप यादवले जिल्ला मोरङ विराटनगर म.न.पा. वडा नं १६ बस्ने बर्ष २२ को बिध्यानन्द मण्डल र ऐ.ऐ. वडा नं १६ बस्ने बर्ष २० को अनुप गिरीलाई ३८० एम्पुल लागूऔषध , १०५ ग्राम ११० मिलीग्राम ब्राउन सुगर लागू औषध शरीरमा टेपले बाधी, कटुवा पेस्तोल र  OK927Z र  8MM लेखिएको २ राउण्ड गोली समेत जिल्ला सुनसरी धरान उ.म.न.पा. घर भई जिल्ला ललितपुर ललितपुर म.न.पा. वडा नं ४ एकान्तकुनामा डेरा गरी बस्ने बर्ष ४१ को रुपम राईलाई विराटनगर स्थित बसपार्कमा दिन भनी अबैध हातहियार तथा लागू औषध पठाएको, उक्त घटनामा संलग्न तिनजनालाई प्रहरीले जिल्ला मोरङ विराटनगर महानगरपलिका वडा नं ११ बसपार्क स्थित बाट पक्राउ गरी लागूऔषध तथा हातहतियार खरखजना मुद्दा चलाएकोमा, सो हातहतियार र लागूऔषध नेपाल तर्फ पठाउने गिरोहको मुख्य नाईके निज बग्गा भन्ने प्रदिप यादव रहेको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.