Websoft University

स्वाब परीक्षणका लागि धुलिखेलमा प्रयोगशाला स्थापना


काठमाण्डौ भाद्र ७ गते । रातो तारा डट कम,काभ्रे जिल्लाको धुलिखेलमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको छ । बागमती प्रदेश सरकारले धुलिखेल नगरपालिकामा स्थापना गरेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले दैनिक एक हजार स्वाब परीक्षण गर्ने सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार बागमती प्रदेशका १३ जिल्लाका नागरिकहरुका लागि २४ सै घण्टा सेवा उपलब्ध गराउने गरी प्रादेशिक जनस्वास्थ्य ल्याब स्थापना गरिएको हो । पहिलो चरणमा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र भक्तपुर जिल्लाका नागरिकहरुको कोरोना सम्बन्धी परीक्षण गरिने छ भने भक्तपुर र सिन्धुलीमा कोरोना परीक्षणका लागि प्रदेश सरकारले अर्काे प्रयोगशाला स्थापना गरेपछि तीन जिल्लाको मात्रै परीक्षण हुनेछ । धुलिखेल नगरपालिकाले प्रयोगशाला व्यवस्थापनका लागि चार वर्षका लागि भवन उपलब्ध गराएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.