Websoft University

भक्तपुरमा थप ५० जनामा कोरोना सङ्क्रमण पुष्टि


काठमाण्डौ भाद्र ७ गते । रातो तारा डट कम,भक्तपुरमा एकैदिन ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरी बल गुहेश्वरी गण दुवाकोटका २० प्रहरीसहित भक्तपुरमा हिजो ५० जनामा कोरोना सङ्क्रमण भेटिएको हो । जसमध्ये चाँगुनारायण नगरपालिका अन्तर्गत सशस्त्र प्रहरीको गुहेश्वरी गणका २० जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो । प्रमुख मिजारका अनुसार मध्यपुर थिमिका पन्ध्र जना, भक्तपुर नगरपालिकाका ८ जना, सूर्यविनायक नगरपालिकाका पाँच जना गरी कुल ४८ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै आइसोलेसनमा बसेको दुई जनाको पुनः परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको र संख्या पचास पुगेको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.