Websoft University

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या नेपालमा १४६ पुगे


काठमाण्डौ भाद्र ६ गते । रातो तारा डट कम, पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरस सङ्क्रमणबाट ६ वर्षकी बालिका सहित ९ जनाको मृत्यु भएको छ । हिजो एकै दिन ११ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको थियो । 

आजको कोभिड १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सुनसरीकी ६ वर्षका  बालिका सहित ९ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको पुष्टि गर्नुभयो ।  उहाँका अनुसार पर्सामा एकै दिन ३ जनाको मृत्यु भएको छ । 

पर्साका ६१, ५८  र ४८ वर्षका पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । यस्तै, सुनसरीमा कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु भएको छ । यहाँ ६ वर्षकी बालिका र ६७ वर्षका पुरुषको मृत्यु भएको हो । यसैगरी, बारामा ५८ वर्षका , सिरहामा ६८ वर्षका , मकवानपुरमा ५६ वर्षका , भक्तपुरमा ७३ वर्षका पुरुषको कोरोनाबाट मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।  

योसँगै देशभर अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ । कुल सङ्क्रमितमध्ये ० दशमलब ५ प्रतिशतको कोरोनाबाट मृत्यु भएको उहाँले बताउनुभयो । 

पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ५ सय १९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २ सय १६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् । यससँगै कुल सङ्क्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.