Websoft University

प्रदेश १ मा १८ कोरोना संक्रमित थपिए, ५७ जना डिस्चार्ज


विराटनगर, २१ साउन । रातो तारा डट कम, प्रदेश १ मा आज १८ जना कोरोना संक्रमित थपिएका छन् ।मोरंगमा १४, इलाममा २, उदयपुर र सुनसरीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ६ पुरुष ४ महिला, सुनबर्षीमा ३ र धनपालथानमा १ पुरुष, इलामको इलाम नगरपालिका र सुर्योदयमा १–१ पुरुष, उदयपुरको त्रियुगामा १ महिला र सुनसरीको धरानमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय ८९ पुगेको छ ।

प्रदेश १ मा ९० वर्षीया बृद्धा सहित ५७ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ३६ जना र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट २१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरबाट डिस्चार्ज भएकाहरुलाई सामाजिक विकास मन्त्री जीवन घिमिरे, कोशी अस्पताल विराटनगरका मेडिकल सुपरीटेन्डेन्ट डा. चुमनलाल दास लगायतले विदाई गर्नुभएको थियो । 

आज डिस्चार्ज हुनेमा मोरंगका २६, झापाका १६, सुनसरी र इलामका ६–६, धनकुटा, उदयपुर र ते¥हथुमका १–१ जना रहेका छन् ।  प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय ८७ पुगेको छ ।

प्रदेश १ मा आज ६ सय १६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५ महिला र १३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.