Websoft University

ईलाका प्रहरी कार्यालय चैनपुरको नव निर्मित भवन उद्घाटन


मोहन कुमार राई,सङ्खुवासभा, साउन २१ गते। रातो तारा डट कम,ईलाका प्रहरी कार्यालय चैनपुर संखुवासभाको आयोजनामा नव निर्मिति महिला ड्रेस चेन्जिङ कक्ष, नागरिक सहायता कक्ष, संचार तथा सी.सी.टि.भी. निगरानी कक्षको भवन समुद्धघाटन एक कार्यक्रमका विच संखुवासभा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नवराज मल्लले ताम्रपत्र अनावरण गर्दै उद्घाटन गर्नुभयो, सोही अवसरमा   प्रदेश नं. १ का सांसद तुलसीप्रसाद न्यौपानेले रिवन काटेर भवनको समुद्घाटन गर्नु भएको थियो ।

भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश नं. १ का सांसस तुलसीप्रसाद न्यौपानेले नागरिकहरुको शान्ति सुरक्षा र अमन चयन कायम गराउन नेपाल प्रहरीले खेलेकको भूमिकाको प्रशंसा गर्दै जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई चुस्त दुरस्त राख्दै नागरिकहरुलाई सुरक्षाको अनुभूति गराउन सरकार प्रतिवद्ध रहेको बताउनु भयो । 

कार्यक्रममा चैनपुर नगरपालिकाका नगरप्रमुख भरतकुमार खत्रीले प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट ईलाका प्रहरी कार्यालयको आवश्यकता अनुसारको भवन बन्न कठिन भएको औँल्याउँदै ईलाका प्रहरी कार्यालय चैनपुरले थप बजेटको माग भइ आएकोले सुरक्षा निकाय जस्तो संवेदनशिल संस्थाका लागि स्थानीय सरकारले सो कार्यका लागि सम्बोधन गरेको स्मरण गर्दै नगर क्षेत्रमा आपराधिक क्रियाकलापलाई न्यूनिकरणा गर्नका लागि नगरपालिकाले प्राथमिकताका साथ रकम उपलब्ध गराएको खुलासा गर्नुभयो । 

कार्यक्रममा जिल्ला प्रहरी नायव निरीक्षक नवराज मल्लले नेपाल सरकार लगायत सरोकार निकायहरुले भवन निर्माण र सुरक्षा क्षेत्रमा पुर्र्याएको योगदानको कदर गर्दै विना बर्दीका नागरिकहरुले हामी बर्दीधारी सुरक्षाकर्मीहरुलाई समाजमा हुने आपराधिक गतिविधिका घटनाहरुलाई सूचना दिएर सहयोग गर्न समेत आग्रह गर्नुभयो ।

दुर्गम पहाडी जिल्ला संखुवासभाको ईलाका प्रहरी कार्यालय चैनपुरको नव निर्मित भवन निर्माणका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नं. १ बिराटनगरबाट आ.व.२०७६÷०७७ को रु, १९ लाख २४ हजार ५ सय २९रुपैंया ४०पैसाको विनियोजित बजेटबाट नव निर्मिति महिला ड्रेस चेन्जिङ कक्ष,नागरिक सहायता कक्ष,भवन निर्माणको लागी रकम विनियोजित गरिएसँगै स्थानीय सरकारको रुपम चिनिएको चैनपुर नगरपालिकाले सो भवनलाई सञ्चार शाखा तथा सिसि.टि.भि.निगरानी कक्ष र भवनको छत ढलानका लागि रु ५ लाख बजेट चैनपुर नगरपालिलकाले उपलब्ध गराएसँगै कुल २४ लाख ८९ हजार १ सय १२ रुपैँया ६२ पैसाको लागतमा भवन निर्माण कार्य सम्पन्न भएको ईलका प्रहरी कार्यालय चैनपुरका प्रहरी नरीक्षक उपेन्द्र खरेलले जानकारी दिनुभयो । 

यसैगरी चैनपुर नगरपालिकाको बजेटबाट चैनपुर नगरपालिकाका बजार क्षेत्रमा हुने आपराधिक घटनाहरुलाइ न्यूनीकरणा गर्ने उदेश्यका साथ ३२ स्थानमा सि.सी. टिभी जडान गर्न चैनपुर नगरपालिकाले व्यहोरेको जानकारी दिँदै सोही प्रयोजनका लागि चैनपुर नगरपालिकाका वडा नं. ६ र ७ ले २ लाख यसैगरी एक्सन एड र समाज स्पर्श समितिले २ लाख र परिवर्तनका लागि युवा चैनपुरबाट १ लाख गरी १४ लाखको लागतमा सिसी टिभी जडान भएको समेत प्रहरी निरीक्षक खरेलले जानकारी दिनुभयो ।

कार्यक्रममा ससस्त्र प्रहरी नायव उपरिक्षक वाशुदेव महत, राजनीतिक दलका नेताहरु नेकपाका गोपाल श्रेष्ठ, नेपाली कांग्रेसका कुमारबाबु अधिकारी, चैनपुर नगरपालिककाका प्रमुख प्रशासकीय अधिकृत किरणकुमार ढकाल, चैनपुर स्थित सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एव प्रतिनिधिहरु लगायतको उपस्थितिमा भवन निर्माण र सिसी टिभी जडानका लागि योगदान पुर्र्याउने सामाजिक संघ संस्था तथा व्यक्तिहरुलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । 

सो कार्यक्रममा सम्मानित हुनेहरुमा चैनपुर नगरपालिकाको कार्यालयका नगरप्रमुमख भरतकुमार खत्री, परिवर्तनका लागि युवा चैनपुरका अध्यक्ष युवराज ताम्राकार, भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष जीवन सापकोटा, विनायक निर्मण सेवा कन्ट्रक्सनका प्रोप्राइटर लाखबहादुर पौडेल समेतलाई सम्मान गरिएको ईलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक उपेन्द्र खरेलले जानकारी दिनुभयो । भवन निर्माण कार्य सम्पन्न भई उद्घाटन भएसँगै सो भवनबाट सेवाग्राहीहरुलाई सेवा दिन थप सहज भएको र महिला प्रहरीहरुको लागि समेत सहज भएको प्रहरी निरीक्षक खरेलले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.