Websoft University

नेपाल भारत सीमाको रक्षा गर्न गृह मन्त्रालयले पहल गर्ने


काठमाण्डौ साउन २८ गते । रातो तारा डट कम,गृहमन्त्री रामबहादुर थापाले छिमेकीको अतिक्रमणकारी नीतिका कारण सिमानामा समस्या देखिएको बताउनुभएको छ । आज प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले छिमेकीले कहिले पिलर फालिदिने, कहिले नेपालभित्र ल्याएर गाडिदिने जस्तो व्यवहारका कारण सीमा समस्या देखिएको बताउनुभएको हो । नेपाल र भारतबीच सीमा निर्धारण गर्दा नदीलाई सीमा मान्ने सिद्धान्तलाई प्रचलनमा ल्याइएको भन्दै गृहमन्त्री थापाले नदीले धार परिवर्तन गर्दा पनि सीमा परिवर्तन भएको बताउनुभयो । सीमा विवाद दुई पक्षबीचको समस्या भन्दै मन्त्री थापाले कुटनीतिक माध्यमबाट समाधानका लागि परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली भूभागको र सीमाको रक्षा गर्ने जिम्मा गृह मन्त्रालयको भएकाले यसमा विशेष पहल गर्ने उहाँको भनाइ छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.