Websoft University

नेपालमा कोरोना सङ्क्रमितको संख्या २३ हजार ९ सय ४८ पुगे


काठमाण्डौ साउन २७ गते । रातो तारा डट कम,नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जना मृतक थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह गर्दै आएको नियमित जानकारीका क्रममा प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो । 

धनुषाका ६० वर्षका पुरुष, धनुषाकै ५० वर्षकापुरुष, काभ्रे पाँचखालका ५० वर्षका महिला र सिन्धुपाल्चोक बाह्रबिसेका ८४ वर्षका पुरुषको मृत्यु भएसंगै मृतकको संख्या ८३ भएको हो । त्यस्तै नेपालमा कोरोना सङ्क्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ । 

पछिल्लो २४ घण्टामा ६ सय ३८ जना सङ्क्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । थपिएकामा काठमाडौं उपत्यकाका अहिलेसम्मकै बढी एक सय ३४ जना रहेका छन् । तीमध्ये काठमाडौंका ११०, ललितपुरका १६ तथा भक्तपुरका ८ जना छन् । 
अहिलेसम्म एक सय ८३ स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । हाल ७ हजार २ सय १ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा एक सय ७१ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको संख्या १६ हजार ६ सय ६४ रहेको छ । 
पछिल्लो २४ घण्टामा १० हजार ४ सय ६२ वटा पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । अहिले ११ हजार ५८ जना क्वारेन्टिनमा र ७ हजार २ सय १ जना आइसोलेसनमा रहेका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.