Websoft University

स्थानीय तह सुन्दरहरैंचा क्षेत्र भित्रको पूर्वपश्चिम राजमार्ग मर्मत

शिव भट्टराई,मोरङ भाद्र ९ गते । रातो तारा डट कम,पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैंचा खण्डको अधिकांश क्षेत्र भत्किएको छ । खास गरी गोठगाउँपूर्व खोर्सानेसम्मको भागमा ठूलाठूला खाल्डा परेका छन् । जसले गर्दा दुर्घटनासमेत निम्तिन सक्ने भनी जनगुनासो बढेकाले यस विषयमा स्थानीय सरकारले पनि चासो देखाएको छ ।

सोमबार सडक डिभिजन कार्यालय विराटनगरका डिई. पशुपति ज्ञवाली र सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकाल लगायतले संयुक्त रुपमा सडकको निरीक्षण गरेका थिए ।

सो क्रममा नगरप्रमुख ढकालले सडक पुनः निर्माण नहुँदा जनगुनासो बढेकाले सडक मर्मत गर्न सम्बन्धित निकायलाई घच्घच्याउने काम गरिएको बताए । यो सडक स्थानीय सरकारको मातहतमा नरहेकाले जनतामा ज्ञानको कमीले स्थानीय सरकारलाई दोष देखाउने काम भएको ढकालको भनाइ थियो । यस्ता आरोपलाई आफूले सामान्य ढंगले लिने र जनतालाई सुविधाजनक तवरबाट सडकमा आवागमन गर्न स्थानीय सरकारको नाताले आफू निरन्तर लाग्ने उनको भनाइ थियो ।

याे राजमार्ग सङ्घिय सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग अन्तर्गत हुने भएकाले सडक डिभिजन कार्यालय विराटनगरका डिई पशुपति ज्ञवालीले सडकमा भएका खाल्डाखुल्डी पुर्ने बताए । कोरोना भाइरसका कारण लकडाउन गरेकाले सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारीसँग यस विषयमा कुरा गरिरहेको उको भनाइ थियो । यसभन्दा अघि काम गरेको निर्माण व्यवसायीसँग सडक मर्मत गर्ने भन्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ । पहिलो चरणमा बढी भत्किएको क्षेत्र गोठगाउँदेखि खोर्सानेसम्म ममर्त गर्ने र भदौ दोस्रो सातादेखि काम शुरु गर्ने ज्ञवाली बताउँछन् । लकडाउनका कारण कामदारहरु बिदामा भएको र आउन समस्या भएकाले केही समस्या रहेको उनी बताउँछन् ।

सडकमा सवारी साधनको चाप कम भएकाले काम गर्न पनि सहज हुने भएकाले यसलाई प्राथमिकता दिएको उनको भनाइ छ । पुरानो ठेकेदारले मर्मत अवधि बाँकी भएकाले उसकै लगानीमा सडक टालिने हुनाले विभागबाट थप बजेट भने निकासा नहुने डिई ज्ञवाली बताउँछन् ।
यो क्षेत्रमा बजार बढेसँगै पानीको निकासको विषयमा सबै क्षेत्रबाट लागेर निकास निकालेमात्र बनेको सडक केही वर्ष टिक्ने नत्र बनाएको केही महिनामै भत्कन थाल्ने समस्या रहेकाले मन्त्रीस्तरमा विभागीय क्षेत्रबाट कुरा लैजाने डिई ज्ञवाली बताउँछन् । यो सडकलाई ४ लेनमा लैजाने निर्णय भइसकेको तर कोरोनाले गर्दा सो विषय रोकिएको पनि उनले जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.