Websoft University

काठमाडौंका उपत्यकाका तीन शहरमा आजदेखि बिहान ९ः१५ बजेसम्म पसल खोल्न पाउने



काठमाण्डौ भाद्र ८ गते । रातो तारा डट कम,काठमाडौं, भक्तपुर र ललितपुरमा खाद्यान्न तथा तरकारी पसल आजदेखि बिहान ९ः १५ बजेसम्म मात्र खोल्न पाइने भएको छ । दिनभर नागरिक तरकारी र खाद्यान्न किन्न भन्दै निस्किन थालेपछि यो निर्णय भएको हो ।

उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयक्त बैठकले यो निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । काठमाडौं उपत्यकामा समूदायस्तरमै कोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्रयाक्ट ट्रेसिङ गरी जाँचको दायरा बढाउने भएको छ । 

आज नगरपालिका पदाधिकारीको बैठकमा यसबारे छलफल भएको हो । निषेधाज्ञाको अवधीलाई पूर्ण सदुपयोग गरी कन्ट्रयाक्ट ट्रेसिङका आधारमा परीक्षणको दायरालाई फराकिलो बनाउने निर्णय गरेको नगरपालिका फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सीआईएनसँग बताउनुभयो । 

आज नगरपालिका फोरमको बैठकबाट कुन पालिकामा, कहिले, कुन क्षेत्रमा, कति जनाको कन्ट्राक्ट ट्रेसिङ र परीक्षण गर्ने भन्ने निर्णय गरी तालिका नै बनाएर अघि बढ्ने उहाँले बताउनुभयो । भदौ ९ गतेसम्मका लागि निषेधाज्ञा जारी रहेको भन्दै कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङ दुबैलाई निरन्तर अघि बढाउने गरी अघि बढ्ने उहाँले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.