Websoft University

'के गरौ भन' पश्चात आफ्नो दोस्रो अफिसिएल म्युजिक भिडियो '३६ घण्टा' लिएर गायक आशिष पोखरेल आएका छन्।


काठमाण्डौ भाद्र ८ गते । रातो तारा डट कम,एकअर्काको भावना नबुझ्दा, एक अर्काप्रति शंकाको भावना लगायतका विभिन्न कारणले प्रेम गर्ने जोडी बीच   ब्रेकअप हुन्छ  । ब्रेकअप हुनु राम्रो त होइन तर, ब्रेकअप हुँदैमा सबै सकियो भन्ने पनि होइन । ब्रेकअप पछि पनि पाउन सकिने फाइदाको बारेमा यस  गीतमा बताइएको छ । गीतमा स्वर  शब्द र संगीत स्वयम गायक आशिष पोखरेलको रहेको छ भने पुष्प संगमले यस गीतलाई संगीत संयोजन गरेका हुन्।  


म्युजिक  भिडियोमा स्वयम गायक आशिष पोखरेलको अभिनय रहेको छ ।  विक्रान्त रेग्मीले छायांकन गरेको भिडियोलाई संदेश शाहले सम्पादन गरेका हुन्।  राम प्रसाद चौधरीले  कलरिङ गरेको भिडियोमा भीएफक्स बसन्त घर्ति मगरले गरेका हुन् । आरजु बैजुले कोरियोग्राफी गरेको भिडियोलाई शिशिर खातीको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो।  



यसघिका गीत संगीत जस्तै यस म्युजिक भिडियोलाई माया गरिदिन गायक पोखरेलले सम्पूर्ण संगीतप्रेमीहरुमा अनुरोध गरेका छन्।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.