Websoft University

रगतको अभाव हुन थाले पछि – टोलटोलमा रक्तदान अभियान सञ्चालन


काठमाण्डौ भाद्र ८ गते । रातो तारा डट कम,देशभरी अहिले रगतको अभाव हुन थालेको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले रगतको अभाव घटाउन चार नगरपालिकाका टोलटोलमा रक्तदान अभियान सञ्चालन गरेको छ । 

कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी गरिएपछि रगत अभाव हुन नदिन टोलटोलमा रक्तदान अभियान सञ्चालन गरिएको हो । रगत आवश्यक पर्ने बिरामीका लागि तत्कालै रगत उपलब्ध गराउने उद्देश्यले यसअघि पनि अभियान चलाइएको थियो । 

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका मन्त्री परशुराम पाण्डेले रक्तदान कार्यक्रम आयोजना गर्नुअघि रगत दिने व्यक्ति स्थानीय भए नभएको, ट्राभल हिस्ट्री र अरु स्वास्थ्यका बारेमा जानकारी लिने गरिएको बताउनुभयो । 

चाँगुनारायण नपा ८ का सुडाल  गरिएको रक्तदानमा ४७ पुरुष र २ महिला गरी ४९जनाले रक्तदान गरेका भक्तपुर सुडाल उपशाखा सभापति विदुर नेपालले जानकारी दिनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.