Websoft University

एसियाली विकास बैंकबाट २४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण लिने सरकारको निर्णय–देश ऋण लिएरै डुवाउने भए



काठमाण्डौ भाद्र ३ गते । रातो तारा डट कम,नेपाल सरकारले एसियाली विकास बैंकबाट २४ अर्ब रुपैयाँ (२ सय मिलियन डलर) सहुलियतपूर्ण ऋण लिने भएको छ । अन्तरदेशिय विद्यूत प्रसारण तथा वितरण प्रणालीका लागि यो ऋण लिन अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको अर्थ मन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री डा, खतिवडाले यस्तो जानकारी दिनुभएको हो । नर्वे सरकारबाट प्राप्त हुने ४ अर्ब रुपैयाँ अनुदान समेत स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको उहाँले जानकारी दिनुभयो  । चालु आर्थिक वर्षको बजेटमा सरकारले २ खर्ब ९९ अर्ब ५० करोड वैदेशिक ऋण लिने योजना बनाएको छ । 

वैदेशिक अनुदान भने ६० अर्ब ५२ करोड प्राप्त हुने प्रक्षेपण रहेको छ । यस्तै सरकारले युरोपियन युनियन ईयूका लागि नेपाली राजदूतमा गेहेन्द्र राज भण्डारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा भण्डारीलाई ईयू र बेल्जियमका लागि नेपाली राजदूत नियुक्त गरेको हो । यस्तै पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि नेपाली राजदूतमा रामकाजी खड्कालाई नियुक्त गरेको हो । 

उनीहरु सबै परराष्ट्र मन्त्रालयका कर्मचारी हुन् । यस्तै, सरकारले नेपाल राजस्व परामर्श विकास समितिको अध्यक्षमा पूर्वसविच महेश दाहाललाई नियुक्त गरेको छ । बोर्डको सदस्यमा भने पूर्वसहसचिव निर्मलहरी अधिकारीलाई नियुक्त गर्ने निर्णय भएको हो । सरकारले राजस्व सम्बन्धी नीतिगत काम गर्ने प्रयोजनका लागि स्थायी संयन्त्रको निर्माण गरेको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.