Websoft University

नदीजन्य सामग्री उत्खनन गर्न रोक लगाइयो


काठमाण्डौ भाद्र ३ गते । रातो तारा डट कम,खोटाङको साकेला गाउँपालिकाले नदीजन्य सामग्री उत्खननमा रोक लगाएको छ । गाउँपालिकाभित्र रहेको साप्सु खोला र तावा खोलाबाट मनोमानी ढंगले नदीजन्य खानी उत्खनन भइरहेको पाइएपछि गाउँपालिकाले प्रकृया पुरा गरेर मात्र ढुंगा, गिटी र बालुवा झिक्नका लागि स्वीकृति दिने व्यवस्था मिलाउन लागेको हो । 

ढुंगा, गिटी र बालुवाजस्ता नदीजन्य सामग्री उत्खननका लागि प्रारम्भिक वाताबरणीय परिक्षण –आइ ईईको काम भइरहेको अवस्थामा केही व्यक्तीहरुले मनोमानी ढंगले नदीजन्य सामग्री निकालिरहेको पाइएकाले रोक लगाइएको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्काले बताउनुु भयो । निजी घर तथा विकास निर्माणको काममा भने गाउँपालिकाको स्वीकृति लिएर तोकिएको राजस्व बुझाएर ढुंगा, गिटी र बालुवाजस्ता नदीजन्य सामग्री निकाल्न पाइने छ ।  

साप्सु खोलाले छोएको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा, साकेला गाउँपालिका–२ रतन्छा र साकेला गाउँपालिका–५ मात्तिममा नदीजन्य सामग्रीको खानी रहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.