Websoft University

नेपालमा कोरोना सङ्क्रमितको संख्या २८ हजार २ सय ५७ पुगे


काठमाण्डौ भाद्र २ गते । रातो तारा डट कम, नेपालमा हालसम्मकै धेरै कोरोना सङ्क्रमित एकैदिन थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा हालसम्मकै धेरै कोरोना सङ्क्रमित फेला परेको हो । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका विभिन्न ३९ वटा प्रयोगशालामा गरिएको परीक्षणमा एक हजार १६ नयाँ सङ्क्रमित फेला परेको बताउनुभयो । उहाँले यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको पनि बताउनुभयो । यस्तै पछिल्लो २४ घन्टामा ८५ जना सङ्क्रमित निको भएका छन् ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या १७ हजार ५ सय ८० पुगेको उहाँले जानकारी दिनुभयो । काठमाडौं उपत्यकामा मात्रै थप २०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थपिएका नयाँ सङ्क्रमितहरुमध्ये काठमाडौंमा १ सय ३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना छन् ।  

यस्तै पछिल्लो २४ घन्टामा थप ७ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको र नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या १ सय १४ पुगेको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.