Websoft University

सुन्दरहरैंचामा क्रियापुत्री बसेकाहरु माथि आक्रमण, स्थानीय त्रासमा

शिव भट्टराई,मोरङ। रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर–५ लाटिझोडामा क्रियापुत्री बसेकाहरुमाथि आक्रमण भएको छ । स्थानीय ६ जना युवाहरुको समूहले क्रियापूत्री बसेकै घरमा पुगेर कुटपिट गरेका हुन् । श्रावण २५ गते रातिको समयमा क्रियापूत्री रुग्ने निहु गरि मदिरा सेवान गरेर तास खेल्न पुगेका स्थानीय ६ जना युवाको समूहले राति १२ बजे तिर क्रिया पूत्रि बसिरहेकी खड्गकुमारी अधिकारी र टेकनाथ अधिकारीमाथि आक्रमण गरेका हुन् । मरिमराउ भएको घरमा आएका भाञ्जा पर्ने इटहरीका सुरज आचार्यलाई कुटपिट गरिरहेको देखेपछि कुटपिट नगर्न भन्दै गर्दा क्रियापूत्री बसेका खड्गकुमारी र टेकनाथ माथि नै आक्रमण गरेको पाइएको छ । राति साढे १२ बजेतिर क्रियापूत्री रुंग्न आएका अन्य छिमेकीहरु फर्किसकेको अवस्थामा सुरुमा भाञ्जा साइनो पर्ने सुरज आचार्यलाई कुनै कारण विना नै एक्कासी आक्रमण गरेको र केही बेरमा थाहा पाएर रोक्न खोज्दा क्रियापूत्री बसेकाहरु माथि नै दाउरा तथा कुर्सीले आक्रमण गरेको प्रत्यक्षदर्शी लक्ष्मीप्रसाद सुवेदीले बताउनुभयो । भान्जा साइने पर्ने सुरज आचार्यले बाटोमा राखेको मोटरसाइकल थन्क्याउन लाग्दा ती युवाहरुले इटहरीबाट लुट्न आएको भन्दै सुरज लगायतलाई आक्रमण गरेको पीडित खड्गकुमारी अधिकारीले बताउनभुयो ।
कुटपिटबाट घाइते भएका सुरज आचार्यको हाल विराटनगरस्थित अस्पतालमा उपचार भइरहेको छ । यस्तै कुटपिट बाट खड्गकुमारीको आँखाको डिलमा चोट लागेको छ भने टेकनाथको टाउकोमा चोट लागेको छ । कुटपिटमा संलग्नहरु स्थानीय रामबहादुर तामाङ, दोर्जे मगर, विशाल राई, दिपेन राई, भाइसन तामाङ, विशाल शाक्य लगायत ६ जना रहेको पीडित टेकनाथले बताउनुभयो । उनीहरुले कुटपिट गरेपछि समेत आफुलाई मार्ने भन्दै धम्की दिएर हिंडेको उहाँको भनाइ छ । पीडित परिवारले आफुहरुले गछिया प्रहरी चौकीमा उजूरी दिएको भन्दै दोषीलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन् । यता इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले कुटपिटमा संलग्नहरुको खोजी भइरहेको जानकारी दिनुभयो । उहाँले क्रियापुत्री बसेकाहरु माथि आक्रमण हुनु निन्दनिय रहेको भन्दै दोषिलाई पक्राउ गरि कानुन बमोजिम कारवाही गरिने बताउनुभयो ।
दोषिलाई कडा कारवाही गर्न जनप्रतिनिधिहरुको माग
सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रामप्रसाद रिजालले कोरामा बसेको अवस्थामा कोही कसैलाई छुन नहुने हिन्दु संस्कार रहेको जान्दा जान्दै छुन समेत नहुने अवस्थामा क्रियापुत्रीमाथि आक्रमण हुनु निकै निन्दनिय घटना भएको बताउँदै दोषीलाई कडा भन्दा कडा कारवाही गर्न माग गर्नुभयो । कुटपिटबाट घाइते भएकी खड्गकुमारीका दाजू समेत रहेका सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष खेमप्रसाद न्यौपानेले मरिमराउ परेको अवस्थामा छरछिमेकीले सहयोग गर्ने तथा समावेदना दिनुपर्नेमा उल्टै आक्रमण गर्नु निन्दनिय कार्य भएको बताउँदै दोषिलाई चाँडो भन्दा चाँडो कानुनी कारवाहीको दायरमा ल्याउन माग गर्नुभयो ।
यस्तै सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ५ का वडासदस्य गणेश चौधरीले पनि घटना दुःखद् रहेको भन्दै दोषिलाई कडा कारवाही हुनुपर्ने माग गर्नुभयो ।
पीडकहरु अपराधिक पृष्ठभूमीका भएको स्थानीयको भनाइ
स्थानीयबासीले कुटपिटमा संलग्नहरु यसअघि पनि विभिन्न अपराधिक घटनमा संलग्नहरु रहेको बताएका छन् । यसअघि पनि समय समयमा विभिन्न कुटपिटका घटनामा संलग्न हुने गरेकाले गाउँबासीहरु नै उनीहरुको त्रासमा रहेको स्थानीय हिरालाल श्रेष्ठले गुनासो गर्नुभयो । प्रहरी प्रशासनले समेत लैजाँदै छोड्ने गरेको भन्दै उहाँले ती युवाहरुको समूहले कुन बेला कसलाई आक्रमण गर्ने हुन् भन्ने त्रास रहेको गुनासो गर्नुभयो । यस्तै पीडित टेकनाथ अधिकारीले समेत ती युवाहरुले आफुलाई मार्ने भन्दै धम्की दिएर हिंडेको बताउनुभयो । यता इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले भने कार्यालयको मुद्दा फाँटका कर्मचारीलाई कोरोना संक्रमण देखिएकाले मुद्दा फाँट नै बन्द भएकाले उनीहरुको विषयमा थप जानकारी दिन नसकिएको बताउनुभयो । उहाँले चाँडै यस विषयमा अनुसन्धान गर्ने जानकारी दिनुभयो । सुन्दरहरैंचा ५ लाटिझोडाका स्थानीय समाजसेवी श्रीलाल अधिकारीको गत श्रावण २१ गते निधन भएपछि कोरामा बसिरहेका उनका कान्छा छोरा र माहिली बुहरीमाथि सातौं दिन राति कुटपिट भएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.