Websoft University

वेसिन्दा पहिरो पिडितलाई राहत


मोहन कुमार राई÷ श्रावण ३१गते । रातो तारा डट कम,संखुवासभा, सिलिचोङ गाउपालिका वडा नं. १ स्थित वेसिन्दा पहिरो पिडितलाई संखुवासभा इसाई समाजले राहत वितरण गरेको छ । गत आषाढ २७ गते राती वेसिन्दामा पहिरो जाँदा ९ घर बगाएको थियो भने ११ जना वेपत्ता भएका थिए ।

पहिरोमा परेका र पहिरोको जोखिममा रहेको परिवारलाई सुरक्षित स्थानमा सारिए पनि त्यहाँको वसाई, खानपानमा भने समस्या नै रहिरहेको छ । दुई स्थानमा उनिहरुलाई सारिए पनि उनिहरु पिडामा नै वाच्न वाध्य छन । शुक्रवार संखुवासभा इसाइसमाजले दुवै स्थानमा वस्ने १ सय ७ घर परिवारलाई रहत वितरण गरेको समाजका जिल्ला अध्यक्ष हेमन्त कुमार राईले बताउनुभयो  ।

इसाइसमाजले १ सय ७ घर परिवारलाई चामल २५ केजी, तेल आधा लिटर, नुन १ केजी, दाल १ केजी व्यालङ्गकेट १ थान सहित राहत वितरण गरेको थियो ।  घरबास गुमाएका ९ घरपरिवारलाई कराई,तपेस लगाएतका भडावर्तन सहित राहत वितरण गरेका हुन ।

कोरोना संक्रमणको त्रास सँगै पहिरोले परिवार र घरबास गुमाएर पिडामा बाचिरहेको वेसिनदा पहिरोपिडितलाई राहत सामाग्री वितरण गरेर सहयोग पु¥याएकोमा सिलिचोङ गाउपालिका प्रमुख राम बहादुर राईले इसाईसमाज परिवारलाई धन्यवाद दिनुभएको थियो । राहत वितरण कार्यक्रममा गाउपालिका उप प्रमुख लालकुमारी राई, वडा नंं १ का वडाध्यक्ष आलक्ष राई, इसाई समाजका जिल्ला सचिव पाष्टर ओमन कुमार राई लगायतको उपस्थिति रहेको थियो  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.