Websoft University

चीनको नेलम काउन्टीले स्वास्थ्य सामग्री सहयोग गर्ने


काठमाण्डौ साउन २६ गते । रातो तारा डट कम,कोरोना महामारीको समयमा चीनको नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो सहयोग गर्ने भएको छ । बुधबार मितेरी पुलमा सो सहयोग सामाग्री हस्तान्तरण गर्ने भएको हो । 

तिब्बतको नेलम काउन्टीले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको लागि २८ सय पीपीइ सेटसहित पाँच हजार मेडीकल ह्याट तथा जुत्ता कभर, पञ्जा दुई हजार थान सहयोग गर्ने भएको हो । यससँगै नेलम काउन्टीले पञ्जा दुई हजार थान, आइसोलेसन मास्क् दुई हजार थान, एन ९५ मास्क दिने जानकारी गराएको
छ । साथै मेडीकल मास्क पनि पाँच हजार थान दिने भएको छ । 

चिनियाँ सरकारले सिन्धुपाल्चोक जिल्लाकै प्रयोगको लागि भिटीएम दुई हजार थान र पीसीआर रिएजेन्ट दुईहजार थान सहयोग गर्दैछ । जिल्लामा कोरोना महामारीले उच्च रुप लिदै गरेको अवस्थामा नेलम काउन्टीले गरेको यो सहयोग अत्यन्तै महत्वपूर्ण रहेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउनुभयो । यो अहिलेसम्म नेलम काउन्टीले गरेको सहयोग मध्येकै ठूलो सहयोग भएको पनि उहाँले बताउनुभयो । 

यसअघि पनि विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको नेलम काउन्टीले यसपछि पनि टेन्ट र खाद्यान्न सहयोग गर्ने आश्वासन दिएको उहाँले बताउनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.