Websoft University

तनेबोडीमा प्रोटिन र भिटामिन प्रशस्त मात्रामा पाइन्छ,तराईदेखि उच्च पहाड क्षेत्रसम्म यसको खेती गर्न सकिन्छ.


तेजेन्द्र भण्डारी स्वतन्त्र पत्रकार,कृषि समचार, 
बिराटनगर साउन २६ गते । रातो तारा डट कम, तनेबोडी कोशेबाली समूहको लहरे तरकारी बाली हो । यसको कोशाको लम्वाई जात अनुसार ४० देखि ८० से,मीसम्म हुन्छ । यो तनेबोडी तरकारी र सलादको रुपमा समेत प्रयोग गरिन्छ । यसमा प्रोटिन र भिटामिन प्रशस्त मात्रामा पाइन्छ भने यसको खेतीले माटोको उर्वराशक्ति बढाउँछ । 
हावापानी, 
तराईदेखि उच्च पहाड क्षेत्रसम्म यसको खेती गर्न सकिन्छ । पहाडमा वर्षको दुईपटक र तराईमा चिसो महिना बाहेक बर्षैभरी खेती गर्न सकिन्छ ।
स्थान र उपयुक्त जातहरु,
खुमले तने, सर्लाही तने, काश्मिरी तने, चाइनिज ३२४,३१२,४२४ जातहरु उपयुक्त जातहरु हुन् ।
रोप्ने र बाली लिने समय,
मध्य पहाडमा साउन भाद्रमा रोपेर असोज कार्तिक मंसिरमा  पहिलो बाली लिन सकिन्छ भने दोस्रो बालीका रुपमा फागुन चैत्रमा रोपेर बैशाख जेठ असारमा बाली लिन सकिन्छ । तराई तथा भित्रि मधेशमा फागुनमा रोपेर बैशाख, जेठमा बाली लिन सकिन्छ भने असार साउन, भाद्रसम्म रोपेर भाद्र, असोज, कार्तिकसम्म बाली लिन सकिन्छ । तर जात, स्थानीय हावापानी र प्रविधि अनुसार लगाउने र बाली लिने समय केही फरक हुन सक्छ ।
कस्तो माटोमा रोप्ने,
तनेबोडी खेती गर्नका लागि प्रशस्त प्रांगारिक पदार्थ र ४।५ देखि ६।५ पि।एच। मान भएको दोमट माटो बोडी खेतीका लागि उपयुक्त हुन्छ।
जग्गाको तयारी,
गोठे वा कम्पोष्ट मल राखेर जमीनलाई ३ देखि ४ पटक खनजोत गरी झारपात हटाई समथर बनाउने । ड्याङ्ग कम्तिमा १ मिटर चौडाईको बनाउने र त्यसमा २ लाईन बीउ रोप्ने ।
कति बीउ चाहिन्छ त,
प्रति रोपनी १।५ देखि २ केजी प्रति र प्रति कट्ठा १ देखि १।३ केजी बीउ आवश्यक पर्दछ ।
राइजोवियम इनोकुलेसन,
विगत २ बर्षदेखि कुनै पनि कोसेबाली नलगाएको जमीनमा बीउको इनोकुलेसन गर्न जरुरी हुन्छ । बाली लगाउने समयमा बोडीको बीउमा नाइटूोजन फिक्सिङ्ग व्याक्टेरिया मिसाउने ।
मलखाद,
रासायनिक मलको परिणाम माटोको उर्वराशक्ति , अघिल्लो बाली, कम्पोष्ट मलको परिणाम र बालीको जातमा भरपर्दछ । आवश्यकता अनुसार झोल तथा सूक्ष्मतत्व प्रयोग गर्न सकिन्छ ।
सामान्यत,
डिएपी ५ केजी प्रति रोपनी र ३।५ केजी प्रति कट्ठाको हिसावले जग्गा तयारी हाल्नु पर्ने हुन्छ । त्यस्तै कम्पोष्ट मल प्रति रोपनी १५०० केजी र प्रति कट्ठा १००० केजी जमीन तयारी गर्दा प्रयोग गर्नु पर्दछ । पोटास प्रति रोपनी ४ केजी र प्रति कट्ठा २।६ केजी जमीन तयार गर्दा नै प्रयोग गर्नु पर्दछ ।
बीउ रोप्ने दुरी,
लाइनदेखि लाइनवीचको दुरी १ मी र बोटदेखि बोटको दुरी २५ देखि ३० से।मी। राख्ने । ड्याङ बीचको कुलोको चौडाई ३० से।मी। राख्ने । बीउलाई जमीनको सतहबाट ३ देखि ५ से।मीको गहिराईमा रोप्ने ।
थांक्रा दिने 
तने बोडी लहरे बाली भएकाले यसबाट राम्रो उत्पादन लिन थाँक्रा दिनु अति आवश्यक हुन्छ ।
गोडमेल,
विरुवाको वृद्दि, विकासको लागि कम्तिमा दुईपटक गोडमेल गरी माटो खुकुलो बनाउने र झारपात हटाउने गर्नु पर्दछ ।
सिंचाई र निकास,
विशेष गरी फूल फुल्ने र कोसा लाग्ने बेलामा हुलका सिंचाई आवश्यक पर्दछ । विरुवाको फेदमा पानी जम्न नदिने उपाय अवलम्वन गर्नु पर्दछ ।
बाली संरक्षण,
कीरामा मुख्यत स् लाही कीरा लाग्छ र यो कीराले विरुवाको पात र डाँठबाट रस चुस्छ । पातमा कालो ढुसी जम्मा भएको देखिन्छ । यस्तै सूर्तिको पात खाने लाभ्रे पनि लाग्न सक्छ । लार्भाले कलिलो पात खान्छ भने बयस्क कीराले पात र डाँठ खाई नोक्सान पु¥याउँछ । यसलाई नियन्त्रण गर्न कीराको फुल र लार्भालाई नष्ट गर्ने, निमयुक्त बिषादी २ मि।लि।प्रति लिटर पानीमा घोलेर विरुवामा छर्ने वा सर्वो तेल १० मि।लि। प्रति लिटर पानीमा घोलेर छर्ने । रोगमा मुख्यत डाउनी मिल्ड्यु र सिन्दुरे रोग लाग्दछ । रोगको नियन्त्रण गर्न सिफारिस गरिएको रोग निरोधक जातहरु लगाउने ।  (स्रोत कृषि समचारबाट)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.