Websoft University

दण्डसजाय सम्बन्धी कानून परिमार्जन गर्न सम्बन्धीत निकायलाई निर्देशन


काठमाण्डौ साउन २० गते । रातो तारा डट कम,प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले एसिड आक्रमण गर्नेहरुलाई दिइने दण्डसजाय कम भएको निष्कर्ष निकालेको छ । समितिले एसिड आक्रमणका पीडित तथा सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गरेको समितिले दण्ड सजाय सम्बन्धी कानूनलाई समय सापेक्ष परिमार्जन गर्न निर्देशन दिएको हो । साथै एसिड आक्रमणका उजुरी तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाउन पनि समितिले भनेको छ । समितिमा उपस्थित एसिड पीडित संगीता मगर, जेनी खड्का र मुस्कान खातुनले अहिलेको सजाय कम भएको बताएका थिए । कानूनअनुसार अनुहार नै कुरुप हुने गरी एसिड आक्रमण गरेको भए पाँचदेखि आठ वर्ष र अरुमा तीनदेखि पाँच वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । समितिले एसिड आक्रमणमा परेकाको उपचार, अध्ययनका लागि छात्रवृत्ति र सरकारी रोजगारीमा प्राथमिकता दिन समेत सरकारलाई निर्देशन दिएको हो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.