Websoft University

नागढुङ्गा–सिस्नेखोला सुरुङ्ग मार्गको निर्माण कार्य सुरु


काठमाण्डौ साउन २१ गते । रातो तारा डट कम,विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाईरस (कोभिड १९) का कारण रोकिएको निर्माणधिन नागढुङ्गा –सिस्नेखोला सुरुङ्ग मार्गको निर्माण कार्य सुरु भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण रोकिएको सुरुङ्ग मार्ग निर्माणको काम पुन सुरु भएको हो । यस्तै धादिङ तर्फको सिस्ने खोलाको खाल्टो पुर्ने काम सम्पन्न भई सकेको छ । सुरुङ्गमार्ग निर्माणका लागि खोलाको पानी ब्यवस्थित गर्न ड्रेन निर्माणको काम समेत तिब्र रुपमा अगाडि बढेको छ । राजधानी प्रवेशका लागी नौविसे–नागढुङ्ग सडक खण्डको सवारी जामको अन्त्य गर्नका लागि सुरुङ्ग मार्ग निर्माण कार्य सुरु गरिएको जापनीज कम्पनी हजमाले जनाएको छ । यस्तै सुरुङ्ग मार्ग ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य भएपनि कोरोनाका कारण निर्माण कार्यमा ढिलाई भएको निर्माण कम्पनीको भनाई रहेको छ । सरकारले गौरवको आयोजनाहरु मध्ये एक मानिएको नागढुङ्ग सिस्ने खोला सुरुङ्ग मार्ग दुई दशमलव ६८ किलो मिटर लम्वाई रहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.