Websoft University

बेलबारीमा आज राति १२ बजे देखी लकडाउन हुने


बेलबारी ÷बेलबारी नगरपालिकाले २०७७ साउन २२ गते राति १२ बजे देखी ३२ गते सम्म लकडाउन गर्ने निर्णय गरेको छ । 
बुधबार नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण बेलबारी नगर समन्बय समितिकोका संयोजक ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा बसेको  वैठकले लकडाउन गर्ने निर्णय गरेकोहो । लकडाउन लाई कडाई गर्ने समेत समितिले निर्णय गरेको छ । औषधी पसल, अस्पताल, किल्नीक, दुधडेरी, पेट्रोलपम्प ,पानिजन्य उद्योग, भेटेनरी भन्दा अन्य पसलहरु बन्द गर्ने निर्णय गरेको छ ।
 बेलबारी नगरपालिका क्षेत्र भित्रका साप्ताहिक लाग्ने हाट बजार, नगरपालिका क्षेत्र भित्रका सरकारी कार्यालय,बैक बित्तिय सस्था, सहकारी सस्थाबाट प्रबाहा हुने सेवा , यातायातका साधनहरु , बेलबारी नगरपालिकाका कार्यालय र सो अन्र्तगत रहेका वडा कार्यालयको दैनिक  प्रशासनिक  सेवा बन्द गर्ने निर्णय गरेको छ । यस्तै नगर क्षेत्र भित्रका स्वास्थ्य शाखा,भेटेनरी शाखा, तथा अत्यावश्यक सेवा प्रबाहा सुचारु गर्ने समेत निर्णय गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.