Websoft University

गण्डकी प्रदेशमा धमाधम निषेधाज्ञा र लकडाउन


काठमाण्डौ भाद्र ३ गते । रातो तारा डट कम,स्रोत नखुलेका कोरोना सङ्क्रमित बढ्दै गएपछि गण्डकी प्रदेशका विभिन्न जिल्लामा धमाधम निषेधाज्ञा र लकडाउन गर्न थालिएको छ । कोरोना सङ्क्रमण लाई नियन्त्रण गर्न भन्दै जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले कडाई गरेका हुन् । गण्डकी प्रदेशको केन्द्र पोखरामा मंगलवार रातिदेखि भदौ ७ गतेसम्मका लागि निषेधाज्ञा गरिएको छ । 

पोखरासँगै जिल्ला प्रशासन कार्यालय बागलुङले पनि मंगलवार राती १२ बजेदेखि भदौ ९ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । समुदायमा कोरोना सङ्क्रमित बढ्दै जाँदा स्थिती भयावह हुने भएकाले जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा घोषणा गरेका हुन् । स्याङजा जिल्लामा साउन १३ देखि जारी भएको निषेधाज्ञा भदौ ४ गतेसम्म लम्ब्याईएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयो । 

क्षेत्रीका अनुसार स्याङ्जामा ३ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । गोरखामा पनि कोरोना सङ्क्रमणको जोखिम बढेसँगै भदौ १ गतेदेखी भदौ ७ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिनुभयो । स्थानीय तहहरुले पनि आफ्नो पालिका क्षेत्रका जोखिमयुक्त स्थानमा लकडाउन र निषेधाज्ञा घोषणा गरेका छन् । कास्कीको रुपा गाउँपालिका, बागलुङको बडिगाड गाउँपालिका, लमजुङको सुन्दरबजार नगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । 

तनहुँको भानु नगरपालिका, बन्दीपुर नगरपालिका, आवुखैरनी र देवघाट गाउँपालिकामा लकडाउन गरिएको सम्बन्धित स्थानीय तहले जनाएका छन् । कोरोना सङ्क्रमण बढ्दै गएपछि नवलपुरका विनयी त्रिवेणी गाउँपालिका, बौदीकाली गाउँपालिका, हुप्सेकोट गाउँपालिका, देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका र कावासोती नगरपालिकामा भदौ ८ गतेदेखि १५ गतेसम्म लकडाउन घोषणा गर्ने जिल्ला विपद व्यवस्थापन समितिको तयारी छ । 

पर्वतमा तीजमा भीडभाड नगर्न र सकेसम्म घरमा कसैलाई पाहुना नबोलाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । म्याग्दीमा पनि स्वास्थ्य सुरक्षा कडा बनाईएको छ । मुस्ताङ र मनाङ जिल्ला भने कोरोनामुक्त छन् । तीजको रौनकसँगै भीडभाड हुने र जमघट बढ्ने आँकलन गर्दै जिल्लाहरुमा मेला, महोत्सव, भेला र सामूहिक भोज गर्न निषेध गरिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.