Websoft University

नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार ७३ पुगे


काठमाण्डौ भाद्र ११  गते । रातो तारा डट कम,नेपालमा आज थप १ हजार १ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सँगै कोरोना सङ्क्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज नियमित जानकारी दिने क्रममा यो जानकारी दिनुभएको हो । यसअघि हिजोको तथ्याङ्क अनुसार नेपालमा कोरोना सङ्क्रमितको संख्या ३४ हजार ४ सय १८ थियो । आज काठमाडौं उपत्यकामा मात्रै थप ३ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना गरी जम्मा ३७७ जना सङ्क्रमित थपिएका छन् । यसअघि हिजो काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । जसमा काठमाडौंमा २३० , ललितपुरमा ४७ र भक्तपुरमा २४ जना थिए । 

२४ घण्टामा थप ५ सय ६९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार ७३ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.