Websoft University

८४ केजी गाँजा सहित दुई जना पक्राउ


फायल फोटो,
काठमाण्डौ भाद्र ११  गते । रातो तारा डट कम,उदयपुरमा प्रतिबन्धित ८४ केजी गाँजा सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको विशेष टोलीले हिजो जिल्लाको उदयपुरगढि गउँपालिका ७ बाट प्रतिबन्धित गाँजा सहित दुई जना कारोवारीलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुर र शसस्त्र प्रहरीको संयुक्त टोलीले गाँजा तस्करी हुँदै गरेको विशेष सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख उपरिक्षक भिमबहादुर दाहालले जानकारी दिनुभयो । पक्राउ पर्नेमा उदयपुर ताप्ली गाउँपालिका १ ओख्लेका पुष्पबहादुर मगर र ताप्ली गाउँपालिका ३ इनामेका रामबहादुर तामाङ रहेका छन् । प्रहरीले नियन्त्रणमा लिएका व्यक्ति र गाँजा आज जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.