Websoft University

कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी १३ बर्ष पछी पक्राउ


सुनसरी, श्रावण २८ गते । रातो तारा डट कम,जिल्ला प्रहरी कार्यालय सुनसरीले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादीहरुलाई १३ बर्ष पछी पक्राउ गरेको छ ।
सम्मानित जिल्ला अदालत सुनसरीको मिति २०७१ श्रावण २९ गतेको फैसलाले कर्तव्य ज्यान मुद्धामा २१ बर्ष ६ महिना कैद सजाय सुनाईएका बक्लौरी -६ का ३२ बर्षीय तुलसी चौधरी र २० बर्ष कैद सजाय तोकिएका सोही स्थानका ३२ बर्षीय टाईसन भनिने मिङमा दोर्जे शेर्पालाई पक्राउ गरेको हो ।

पक्राउ परेका यी दुबै जना प्रतिवादीहरुले २०६४ साल बैशाख २८ गते साथीको बिबाहमा जन्ती गएको समयमा एकम्बा गाउँ बिकास समिती-४ का सुनेर कुमार ठाकुरलाई सामान्य बाद बिबादको बिषयलाई लिएर छुरा प्रहार गरीफरार भएकथिए । छुरा प्रहारबाट घाईते भएका ठाकुरको उपचारको क्रममा वी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा मृत्यु भएको थियो ।

घटना घटाई फरार रहेका यी दुबै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले २०७७ साल श्रावण २६ गते शेर्पालाई रामधुनी नगरपालिका-६ बाट तथा चौधरीलाई ईनरुवा नगरपालिका-४ बाट पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई सम्मानीत जिल्ला अदालतमा उपस्थित गराई तोकिएको कैद भुक्तानको लागी झुम्का कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.