Websoft University

सुनसरी खोलामा मृत फेला परेका १ ब्यक्तिको हत्या भएको पुष्टी


सुनसरी, भाद्र ३ गते । रातो तारा डट कम,सुनसरी खोलामा मृत फेला परेका भोक्राहा नरसिंह गाउँपालिका-७ सुनसरीका २२ बर्षीय गुणराज यादवको हत्या भएको पुष्टी भएको छ भने हत्या संग्लग्न ५ जनालाई पक्राउ गरिएको छ ।  गत श्रावण ३१ गते सुनसरी खोलामा बोरा भित्र मृत अवस्थामा फेला परेका यादवको सम्बन्धमा अनुसन्धान गर्दा यादवलाई निकै साथीहरु स्थानीय ४२ बर्षीय दिनेश महतो, २० बर्षीय पप्पु राम, १९ बर्षीय शिव कुमार मेहेता, दिपक कुमार यादव र प्रदिप रामले हत्या गरेको खुल्न आए संगै पाँचै जनालाई पक्राउ गरिएको हो । उनीहरुले श्रावण २९ गते साँझ ७ बजेको समयमा पालैपालो कुटपिट गरी हत्या गरेको र चोकरको बोरामा हालेर सुनसरी खोलामा लगी फालेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको तथा  अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.