Websoft University

पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि १ हप्ताको लागि अस्पताल र प्रशासन सिल

शिव भट्टराई,मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचामा रहेको पूर्वाञ्चल शिक्षण अस्पताल गोठगाउँमा कार्यरत १ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल र प्रशासन सिल गरिएको छ ।ती स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको पुष्टि हुना साथ आज बिहान बसेको बैठकले अस्पताल र प्रशासनलाई १ हप्ताका लागि सिल गर्ने निर्णय गरेको हो । ‘संवेदनशील क्षेत्रमा काम गर्ने व्यक्तिलाई संक्रमण पुष्टि भएपछि सिल गर्ने निर्णय गरिएको अस्पताल निर्देशक डा. विपेश आचार्यले रातो तारा डट कमलाई  बताएका छन्। स्वास्थ्यकर्मीको सम्पर्कमा रहने अस्पताल र प्रशासन सिल गर्ने निर्णय भएको हो ।’ उनको सम्पर्कमा रहेकाहरुको पीसीआर परीक्षण गरी रिपोर्ट आएपछि मात्रै अस्पताल सञ्चालन हुने उनले बताए ।
आचार्यको अध्यक्षतामा बसेको अस्पताल प्रशासनको आकस्मिक बैठकमा वडा नम्बर ७ का अध्यक्ष चैतन्यप्रसाद सिटौला र वडा नम्बर ८ का अध्यक्ष खेमप्रसाद न्यौपाने पनि उपस्थित थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.