Websoft University

रकम लिएको आरोपमा २ जना प्रहरी निलम्बित भए


काठमाण्डौ भाद्र १ गते । रातो तारा डट कम,आर्थिक प्रलोभनमा परेको भन्दै दुईजना प्रहरीलाई बागमती प्रदेश प्रहरी कार्यालयले निलम्बित गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडाले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुईजना प्रहरीलाई निलम्बन गरेको हो । बा ६ ख ५५६३ नम्बरको सवारी साधनसँग रकम लिएको भन्ने उजुरीको आधारमा निजहरुसँग प्रारम्भिक सोधपुछ गर्दा रकम लिएको भन्ने पृष्टी भएपछि थप छानबिनका लागि उनीहरुलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । निलम्बित हुनेमा ईलाका प्रहरी कार्यालय भिमानमा कार्यरत प्रहरी हबल्दार कमल बहादुर खड्का र प्रहरी चौकी ढुंग्रेबास सिन्धुलीमा कार्यरत प्रहरी जवान बीरबहादुर प्रसाद यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रहरी नायव उपरीक्षकको संयोजकत्वमा निजहरु उपर थप छानबिन गर्न समिति गठन गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालयले हालसम्म १३ जनालाई निलम्बन गरिसकेको छ भने २५ जनालाई पुरस्कृत गरेको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.