Websoft University

नेपालमा कुल कोरोना सङ्क्रमितको संख्या २२ हजार २१४ आज पुगेको छ ।


काठमाण्डौ साउन २३ गते । रातो तारा डट कम,आज नेपालमा थप ४ सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा  कोरोना सङ्क्रमण देखिएको हो । नेपालमा कुल कोरोना सङ्क्रमितको संख्या २२ हजार २१४ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०६ जनामा कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ९२ जनामा सङ्क्रमण पुष्टि भएको छ । ललितपुरमा १० र भक्तपुरमा ४ जनामा सङ्क्रमण पुष्टि भएको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या भने ७० पुगेको छ । पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएसंगै मृतकको संख्या ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनु भयो । मृतकमा पर्साका ३ जना तथा सिरहा र सर्लाहीका एक एक जना रहेका छन् । पर्साका ४५ वर्षका , ५७ वर्षकार ७९ वर्षका तथा सिराहाका २५ वर्षका र सर्लाहीका ४५ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.