Websoft University

पिण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले मनायो ११ औं वार्षिक साधारण सभा

शिव भट्टराई,मोरङ साउन २३ गते । रातो तारा डट कम,प्रदेश नं १ मोरङको सुन्दरहरैंचा नगरपालिका वार्ड नं ४ मा रहेको पिण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
शुक्रबार सुन्दरहरैंचा वार्ड नं ६ मा रहेको साना किसान कृषि सहकारी संस्थाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा सुन्दरपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद दाहालको प्रमुख आतिथ्यता रहेको थियो भने सोही संस्थाका अध्यक्ष रवीन्द्र कृष्ण श्रेष्ठको सभापतित्व रहेको थियो।

उक्त कार्यक्रममा प्रमुख अतिथि दाहालले सहकारी एकीकरण पछि सहकारीहरुले आफ्ना वित्तीय कारोबारहरुलाई अरु बैंक, फाइनान्सहरु संग प्रतिष्पर्धी रूपमा उच्च प्रविधिको प्रयोग गर्दै सदस्यहरूको सामाजिक, आर्थिक, सांस्कृतिक रुपान्तरणको भूमिका खेल्नु पर्ने बताएका छन् भने कार्यक्रमका विशिष्ठ अतिथि वार्ड नं ७ का वडाध्यक्ष चैतन्य सिटौलाले शुभकामना मन्तव्य दिएका थिए।कार्यक्रममा सोही संस्थाका उपाध्यक्ष पोष्ट कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए त्यसैगरी कार्यक्रमका विशिष्ठ अतिथि सहकारी एकीकरण कार्यदलका संयोजक कृष्ण प्रसाद भुर्तेलले सहकारी एकीकरणको विषयमा जानकारी दिएका थिए।

हाल सम्म संस्थाले ३० लाख ७३ हजार १०० सेयर पुँजी , १८ लाख ३३ हजार १ सय ४६ कुल आम्दानी, साथै एक लाख २५ हजार १ सय ४५ कुल नाफा गर्न सफल भएको यस संस्थाले जम्मा ५२८ जना सेयर सदस्य बनाउन सफल भएको छ भने  कार्यक्रममा वार्ड नं ४ का वडाध्यक्ष विशिष्ठ अतिथि शैलेन्द्र श्रेष्ठ त्यसैगरी विभिन्न सहकारी अभियन्ताहरुको उपस्थिती रहेको थियो। साधारण सभा संस्थाका सचिव गोविन्द श्रेष्ठले सञ्चालन गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.