Websoft University

रामजी बुढाथोकीको मिम्रो इाल्को गीत सार्वजानीक



काठमाण्डौ साउन ४ गते । रातो तारा डट कम, नेपाली लोक तथा दोहोरी गीत फेरिफेरिमा रहेर काँठ क्षेत्रका गीतहरुलाई शिरमा राख्दै आफ्नो कलाकारिता यात्रा अगाडी बढाइरहेका गायक तथा सर्जक रामजी बुढाथोकीले फेरी अर्को गीत बजारमा लिएर आएका छन् । उनले यस अघि मालिगाई, खाँडा देवीको दर्शन, भोक्कै हुन्छ भुँडी, कालो कोठी, शिरु फुल्यो सेतै छ, तेल मालिस, तिजको ब्रत बसेर, लगाएतका गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्न सफल भैसकेका छन् ।

गायक तथा सर्जक रामजीको पछिल्लो गीत तिम्रो झल्को मेटिन्न कहिले निू हो । प्रस्तुत गीतमा रामजी बुढाथोकी र बिश्वरी देवीको कर्णप्रिय स्वर सुन्न सकिन्छ । गीतलाई लय बिष्णु तामाङ्ग र शब्द गायक स्वयम् को रहेको छ । समय अनुसार श्रोता तथा दर्शकहरुको गीत संगीतको स्वाद लिने चाहना पनि परिवर्तित भैरहेका छन् । त्यसैले अशंख्य श्रोता तथा दर्शकहरुको चाहनालाई ध्यानमा राखेर उनले यो रोमान्चक धारको गीत बजारमा ल्याएका हुन् ।

पछिल्लो समय मौलिक संगीतले थोरै मात्र ठाउँ पाएको अवस्थामा गायक तथा सर्जक रामजीले आफ्नो मौलिकता बाट टाढा जान कहिले चाहेनन् । फलस्वरूप यस गीतलाई पस्किएका छन् । बिगतका प्रस्तुतिलाई जति माया प्राप्त भयो त्यो भन्दा बढी आशा गरेका उनले यस गीतको बारेमा पनि क्रियाप्रतिक्रियाको अपेक्षा गरेका छन् ।

तिम्रो झल्को मेटिन्न कहिले निू बोलको गीतको म्युजिक भिडियोमा सुरेन्द्र के दाहाल र दिपिका तिवारीको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन प्रविन थापाले गरेका हुन् भने छायांकन नमराज घिमिरे र सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् । हामी गायक तथा सर्जक रामजी घिमिरेको यो पछिल्लो सांगीतिक कोसेलीलाई पूर्ण सफलताको शुभकामान ब्यक्तगर्दछौं ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.