Websoft University

चिकित्सक माथि कुटपिट गरेको भन्दै काठमाण्डौमा बिरोध प्रदर्शन गरे


फायल फोटो,
काठमाण्डौ असार २१ गते । रातो तारा डट कम,चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकले बिरोध प्रदर्शन गरेका छन् । झापाको मेडिका हस्पिटलमा कार्यरत डा. सुधाकर झामाथि कुटपिट गर्नेमाथि कारबाहीको माग गर्दै चिकित्सकको एक टोलीले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । असार ११ गते मेडिका हस्पिटलको आकस्मिक सेवामा कार्यरत डा. झामाथि बिरामी कुरुवाको १० जनाजतिको समूहले कुटपिट गरेको थियो । घटना भएको १० दिन बितिसक्दा पनि कुटपिटमा संलग्नमाथि कारबाही नभएकाले प्रदर्शनमा उत्रिएको आन्दोलनमा सहभागी नेपाल मेडिकल कलेजका डा. मणिविकास गुप्ताले जानकारी दिनुभयो । आजको प्रदर्शनमा नेपाल मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, काठमाडौं मेडिकल कलेजका विद्यार्थी र काठमाडौंका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक सहभागी थिए । प्रदर्शनमा सहभागी चिकित्सकले बिरामी हेर्न मन छ, तर अझै कुटाइ खाने डर छ, लाठीको जवाफ लाठीमै दिनु ? न्याय खै ? जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.