Websoft University

देश भर कोभिड १९ को संक्रमण बढ्दैछ– मानिसहरुमा डर घट्दै– लकडाउनको आज सय दिन पुग्यो,

काठमाण्डौ असार १७ गते । रातो तारा डट कम,कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनको आज सय दिन पुगेको छ । लकडाउन अर्थात् बन्दाबन्दीको सयदिन मध्ये पछिल्लो ३० दिनमा कोरोना संक्रमणको दर ९५ प्रतिशत बढेको देखिएको छ । आज बिहानसम्म देशभर संक्रमितको संख्या १३ हजार पाँच सय भन्दा बढी पुगेको छ । संक्रमणको दर बढेपनि मान्छेको मनमा भने डर घटेको छ । 

जनजीवन सामान्यजस्तै भीडभाड हुन थालेको छ । संक्रमण समुदायमा समेत पुगेको संकेतहरू आएपनि लकडाउन खुकुलो भएसँगै भिडभाड बढेकाले अझै तीव्र गतिमा बढ्न सक्ने चिकित्सकहरूको भनाइ छ । पूर्व स्वास्थ्य सचिव तथा विज्ञ डाक्टर प्रविण मिश्रले अहिले सबैभन्दा धेरै नागरिक सचेत हुनुपर्ने र होम क्वारेन्टाइनमा बसेर पनि सुरक्षित रहन सकिने बताउनुभयो । 

विश्व स्वास्थ्य संगठनले पनि नेपालमा कोरोना संक्रमण समुदायस्तरमा पुगिनसकेको जनाएको छ । तर, परीक्षण नै थोरै भएकाले समुदायमा पुगिसकेको हुन सक्ने आंशका धेरैको छ  । नेपालमा अहिलेसम्म ३० जनाको मृत्यु भएको छ  । तीन हजार एक सय ९४ उपचारपछि निको भएर घर फर्किएका छन् । 

दश हजार तीन सय ४१ जनाको उपचार भइरहेको छ । देशभरका क्वारेन्टाइनमा ५३ हजार ७० जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ  । नेपालमा संक्रमित देखिएका ९५ प्रतिशत विदेशबाट आएर क्वारेन्टाइनमा बसेकाहरू छन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.