Websoft University

घरघरमा तुलसीको बिरुवा– आज हरिशयनी एकादशी मनाउदै,


काठमाण्डौ असार १७ गते । रातो तारा डट कम,आज हरिशयनी एकादशी मनाइंदैछ । आज घर–घरमा तुलसीको बिरुवा रोपेर व्रत बस्ने गरिन्छ । आषाढ शुक्ल एकादशीका दिन तुलसी रोप्ने प्रचलन रहँदै आएको छ । आज बिहानैदेखि काठमाडौँको बूढानीलकण्ठस्थित नारायणस्थान, उपत्यकाका चार नारायण मन्दिरलगायत देशभर रहेका विष्णु मन्दिरमा पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनहरू पुगेका छन् । यो पटक लकडाउन भएकाले विगतमा जस्तो मन्दिरमा भिडभाड भने कम रहेको छ । हिन्दू धार्मिक मान्यताअनुसार घर आँगन तथा मठमा रोपिने तुलसीको विरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गे गर्ने शास्त्रीय परम्परा छ । हरिबोधनी एकादशीमा भगवान विष्णु जाग्ने शास्त्रीय मान्यता छ । वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.