Websoft University

दुस्खि पिडितकि सहारा , नायिका शुभेच्छा थापा


 काठमाण्डौ असार १७ गते । रातो तारा डट कम, नेपाली चलचित्र क्षेत्रमा सधै चर्चामा रहने नायिका, निर्मात्री तथा चलचित्र लेखिका शुभेच्छा थापा समाजसेवामा समेत त्यतिकै सक्रिय छिन । दर्जनौ चलचित्र, म्युजिक भिडियो तथा टेलिचलचित्रहरुमा दमदार अभिनय प्रस्तुत गरेर नेपाली दर्शकहरुको मन जित्न सफल नायिका अहिले सामाजिक कार्य मार्फत पनि हजारौं पिडितहरुको सहारा बनेकी छिन । 

समाजसेवाको माध्यमबाट अनाथ, असाहय, निम्नबर्गका देखि बृद बृदाहरुको सेवामा निरन्तर लागि परेर जनताको सेवामा समर्पित रहदै आएकी चर्चित नायिका थापा हजारौं भोका पेटहरुलाइ राहत वितरण गर्न ब्यस्त छिन । चिनको वुहान बाट सुरु भएर विश्वभर महामारीको रुपमा फैलिएको कोभिड( १९ कोरोना भाईरसको कारणले संसारका मानबजाति भयभित भएका छन् । 

नेपाल जस्तो गरिब मुलुकमा झन् यसको असर बढी परेको छ । लामो समयको लकडाउनको कारणले गर्दा नेपालमा दैनिक मजदुरी गर्ने श्रमिक, पिडत नागरिक, राहत बिहिन र अनाथ असाहयहरुले दुइ छाक खान समेत नपाईरहेको अबस्थामा नायिका  शुभेच्छा थापा स्वास्थ्य सामाग्री वितरण देखि राहत वितरण तथा भोका पेटलाइ खाना खुवाउँने कार्यमा सक्रिय रहदै आएकी छिन ।

 भर्खरै मात्र उनले सहयोगि आत्मा निर्भर अनाथ आश्रमलाई १ बर्ष सम्म १० जना बालबालिकालाइ पढ्ने खर्च र खाद्यान्न  राहत सामाग्री समेत उनले संस्थाकि अध्यक्ष राधा सुबेदीलाइ हस्तान्तरण गरेकी छिन् । सानै देखि रंगमञ्चवाट आफ्नो कलाकारिता यात्रा सुरु गरेकी नायिका थापा नेपाली चलचित्र उधोगमा सर्बाधिक चर्चाको शिखरमा पुग्ने नायिकाको रुपमा स्थापित भएकी छिन । लगनशिलता र परिश्रममा विश्वास गर्ने नायिका थापा लामो समय देखि सामाजिक कार्यमा सक्रिय रहेकी छिन ।

 गरिब दुखिको ढुकढुकी र मानबजातीको प्रेरणाका श्रोत बनेकी चर्चित नायिका शुभेच्छा थापा दैनिक रुपमा सेवा कार्यमा जुटिरहेका छन् । उनि कहिले विभिन्न स्थलमा गएर सहयोगी हातहरु बढाईरहेकि हुन्छिन भने कहिले पिडितहरुको घरमा पुगेर खाद्यान्न राहत स्वरुप वितरण गरिरहेकि हुन्छिन । लकडाउन सुरु भए संगै राहत वितरणमा जुटेकी समाजसेवी शुभेच्छा थापा सम्पूर्ण नेपाली बीच लोकप्रिय भएकी छिन । 

भोका जनताहरुलाइ पेट भरि खुवाउँन पाउदा तथा राहतबिहिन जनताहरुलाई राहत वितरण गर्न पाउँदा आत्मासन्तुष्टि मिल्ने कुरा नायिका तथा समाजसेवी थापा बताउँछिन । धन भएर मात्र सामाजसेवा गर्न नसकिने भन्दै सम्पूर्ण नेपाली नागरिकलाइ यस संकटको घडिमा एकजुट भएर सामाजिक कार्यमा हातेमालो गर्न नायिका शुभेच्छा थापाले अनुरोध समेत गरेकी छिन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.