Websoft University

साउन ५ गतेदेखि नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्क रहन सबैलाई आग्रह


काठमाण्डौ साउन ३ गते । रातो तारा डट कम,सरकारले यही साउन ५ गतेदेखि नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन ५ गतेदेखि ९ गतेसम्म प्रदेश एक, प्रदेश दुई, बागमती, गण्डकी र प्रदेश पाँचका विभिन्न नदी र चुरे तथा तराई क्षेत्रका नदीमा पानीको वहाव बढ्नेछ । साउन ५ देखिका कम्तिमा ५ दिन सतर्क रहन र बाढी र मौसमको पूर्वानुमानबारे जानकारी लिन प्राधिकरणका प्रवक्ता जर्नादन गौतमले सीआइएनमार्फत आग्रह गर्नुभयो । कन्काई, कोशी, कमला, बागमती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बाढी आउन सक्ने प्राधिकरणको अनुमान छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.